
काठमाडौं/ एमसीसीका उपाध्यक्ष फतिमा सुमारले नेपालको एमसीसीको आक्रोशबारे दःख व्यक्त गर्दै पूर्व प्रधानमन्त्रि केपि शर्मा ओलीसगँ भेट वार्ता भएको थियो । सोमबार केपि शर्मा ओलीसगँको कुराकानीमा फतिमाले चित्त दुखाएको कुरा व्यक्त गरेतापनि पूर्व प्रधान मन्त्रिले उहाँ अहिल्लै पूर्व प्रतिपक्षी भएको जनाएका थिए । हामी बोले केहि हुन्न भन्ने कुरा प्रस्ट पारिएको छ ।
फतिमाले नेपालको अवस्थालाई मनन गर्दै एमसीसीले सहयोग गर्न खोजेको बताएकी थिइन् । ‘रुलिङ्ग पार्टी नै यस विषयमा स्पष्ट छैनन्,’ ओलीको भनाइ उद्धृत गर्दै भट्टराईले भने, ‘पहिले उहाँहरू ९सत्तासीन दल० लाई आफ्नो आधिकारिक धारणामा प्रष्ट हुन दिउँ । प्रतिपक्षीको हैसियतले भूमिका खेल्ने कुरामा हामी कञ्ज्युस्याइँ गर्दैनौँ ।’ वार्ताका क्रममा ओलीले सभामुखलगायतका भूमिका कारण एमसीसी अगाडि बढ्न नसकेको बताएका थिए । ‘हामी सरकारमा हुँदा संसद्मा टेबल गरिसकेकै हो । तर, सभामुखलगायतका भूमिकाका कारण त्यसपछि अघि बढ्न सकेन । अहिले हामी विपक्षमा छौँ । अहिले हामीले केही गर्न सक्दैनौँ । रुलिङ्ग पार्टीले पहिले स्पष्ट पारोस् ।
हामीसँग राय मागोस्, हामी आफ्नो भूमिका निभाउन तयार छौँ,’ ओलीले फतिमालाई भनेका छन् ।अमेरिका पनि लोकतान्त्रिक पद्धतिमा विश्वास गर्ने देश भएको र विपक्ष पार्टीले के के गर्न सक्छ भन्ने कुराको जानकारी भएको स्मरण गराउँदै ओलीले भने, ‘अमेरिका पनि लोकतान्त्रिक पद्धतिबाट चलेको छ । संसद्मा विपक्ष पार्टीले के के गर्न सक्छ भन्ने कुरा तपाईंहरुलाई पनि थाहा छ । हामी पनि अहिले अपोजिसनमा छौँ । हामीले गरिहाल्ने केही छैन ।’एमसीसी संसद्मा टेबल हुँदा सभामुखको भूमिकामा माओवादी केन्द्रको कोटाबाट आएका कृष्णबहादुर महरा थिए । महरा निलम्बनमा परेपछि अहिले पनि माओवादीकै कोटाबाट अग्निप्रसाद सापकोटा सभामुख छन् । माओवादी एमसीसी बिनासंशोधन पारित हुन नहुने अडानमा छ ।


