काठमाडौं/ कञ्चनपुर भीमदत्त गनगरपालिका- ४ का २० वर्षीय शुरेश भट्टको मृत्युको कारण देशले एक हुनाहार खेलाडी गुमाएको छ । भट्ट सुदूरपश्चिमको आठौंं राष्ट्रिय खेलकुदको प्रतिनिधित्व गरेका थिए । उनका बुवाका अनुसार सुतिरहेकै अवस्थामा बिहिबार बिहान उठाउँन जादा नउठेपछि उनलाई महाकाली अस्पताल पु¥याउँदा त्यहाका चिकित्सकले मृत घोषण गरेको पाइन्छ ।
उनका बुवा खड्ग भट्टका अनुसार उनलाई केही पनि बिमार भएको थिएन एक्कासी त्यस्तो हुन पुगेको कुरा बुवाले जनाए । बुधबार मात्रै सुरेशले सशस्त्र प्रहरी बल बैद्यनाथ बाहिनीमा जवान पदका लागि दरखास्त भरेर घर आएका थिए। कञ्चनपुरका कुस्ती प्रशिक्षक राजेन्द्र चन्दले कुस्ती खेलले होनहार खेलाडी गुमाएको बताए। ‘आज बेलुकी ४ बजे प्रशिक्षणमा आउँछु भनेर बुधबार मात्रै भेटेर फर्किएको थियो’, प्रशिक्षक चन्दले भने, ‘खेलमा केही गर्छ भन्ने आशा थियो, निराश बनाएर गयो।’

प्रतिक्रिया

सम्बन्धित खवर