
काठमाडौं/ कोभिड १९ का कारण धेरै कलाकारितामा लाग्ने कलाकारहरुले ठूलो पर्दामा काम गर्न नपाउदा धेरै जस्तो कलाकारहरु म्यूजिक भिडियोमा लागीरहेको देखिन्छ । यस्तै लकडाउनमा अप्रत्यक्ष रुपमा पनि केही टिकटकका कारण नेपाली सिने क्षेत्रका कलाकर्मीलाई गाह्रो परेको देखिन्छ । अहिल्यै म्यूजिक भिडियोमा बढी कलाकार नयाँ अनुहारमा देख्न सकिन्छ । तर, नायिका उपासना सिंह ठकुरीले पनि म्यूजिक भिडियोको अफर अस्विकार गरिरहेकी छिन् । लकडाउनको समयमा उनले अफर आएका केही भिडियो अस्विकार गरेको बताइन् ।
भिडियो नगर्नुको कारण के त, उपासना भन्छिन्–‘त्यस्तो अरु खास कारण त केही पनि होइन । तर, म्यूजिक भिडियो अहिले गर्ने सोच छैन ।’



उपासनाले आफूलाई चित्तवुझ्ने अडियो पनि नभएर भिडियोमा काम नगरेको बताइन् । चलचित्र ‘क्याप्टेन र कबड्डी कबड्डी कबड्डी’मा काम गरेपछि चलचित्र क्षेत्रमा आशातित नायिकाको रुपमा उदाएकी उपासना रिभर्ज बसिरहेकी छिन् ।
भिडियोमा काम गर्दा उनको रिजर्भ बस्ने शैली तोडिनेछ । दर्शकले एक बर्षदेखि उनलाई चलचित्रमै प्रतिक्षा गरिरहेका छन् । उनले आफूलाई लकडाउनको समयमा आधा दर्जन बढी चलचित्रको स्क्रिप्ट आएको तर एउटामा काम गर्ने सुनाइन् । चलचित्रमा काम गर्दा स्क्रिप्टसँगै ब्यानर र टिम पनि हेर्ने उनको सोच छ ।