
संसारमा नबिक्ने के पो रहेछ भन्ने कुरा एक अमेरिकी महिलाले विश्व सामु आफ्नो पाद बेचेर पैसा कमाइरहेकी छिन् । लुश नाम गरेकी ३१ वर्षीय महिलाले आफ्नो विभिन्न किसिमका पोज, भावभंगी तथा फरक फरक आवाजमा बायु निस्कासन गरेको भिडियोहरु बेचेर अहिल्यैसम्म उनले झण्डै ३० लाख रुपैयाँ बराबरको रकम कमाइसकेकी छिन् । अहिल्यै उनलाई पदुवा रानीको नामले चिनिन्छ । पादेरै लखपति बनेकी लुशलाई सुरुमा चाहीँ यस्तो काम गर्न सहज महसुस हुँदैनथ्यो । एक अन्तरवार्ताका क्रममा उनले बताए अनुसार एकपटक कसैले उनलाई क्यामराकै अगाडि अपानवायु फ्याँक्नका लागि अनुरोध ग¥यो र त्यस्तो दृश्य आफूले खरिद बिक्री गर्ने पनि उनले बताइन् । यो आइडिया लुशलाई राम्रो लाग्यो र उनले भने बमोजिम गर्न थालिन् । त्यसपछि उनको काम नै आफुले अपान वायु फ्याँक्दै भिडियो रेकर्ड गर्नु र अनलाइनमा बेच्नु बनेको छ । लुशको एउटा त्यस्तो भिडियोको सामान्यतया मूल्य १७५ अमेरिकी डलर अर्थात् झण्डै २० हजार रुपैयाँ पर्दछ । उनले अपानवायु फ्याँकेको भिडियोको माग तथा लोकप्रियता भएको कारण एउटा उनको भिडियो ४ हजार डलरमा बिक्री भएको थियो । लुशका अनुसार तीन वर्षदेखि यस्तो पाद्ने व्यवसाय गरिरहेकी छिन् । ग्राहको माग बमोजिम आफुले भिडियो तयार पारेर बेच्ने गरेको उनी बताउँछिन् ।


