नेकपा (एकीकृत समाजवादी) सोलुखुम्बुले विधिवत् रुपमा भाद्र १८ गते पार्टी कार्यालय स्थापना गरेको छ । जिल्ला सदरमुकाम सल्लेरीमा कार्यालय रहनेगरी समाजवादीका नेता आङ्ङीमा लामाको उपस्थितिमा पार्टी कार्यालय समुद्घाटन गरिएको हो । कार्यक्रममा नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष दोर्जी जाङ्बु लामा, सचिव डिल्ली राई, सचिवालय सदस्य तेन्जिङ शेर्पा र अनेरास्ववियुका जिल्ला अध्यक्ष तेन्जि शेर्पाको उपस्थिति रहेको थियो ।
स्थानिय तहको निर्वाचन आगामी फाल्गुनमा हुने भएकोले संगठन विस्तार कार्यलाई जिल्लाको सबै स्थानीय तह र प्रदेश इलाका केन्द्रित संगठन सुदृढीकरण र पार्टी पुर्नगठन कार्यक्रम जिल्लाभर सञ्चालन गर्ने जिल्ला कमिटी सचिव डिल्ली राईले हिमालयन टाईकुनलाई जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर