
नेकपा (एकीकृत समाजवादी ) पार्टीको सुन्सरी काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा रमेश आचार्य चयन भएका छन् । सुन्सरी घर भई काठमाडौंमा विभिन्न पेशा, व्यावसाय र अध्ययन गरी बस्ने समाजवादी विचारधारा समर्थकहरुको काठमाडौंको नयाँबानेश्वरमा भएको बृहत् भेलाले सम्पर्क मञ्चलाई पुर्नगठन गरेको हो । भेलामा नेकपा एकीकृत समाजवादीकी केन्द्रिय सदस्य राम कुमारी झाक्रीले देशभरबाट युवा शक्तिहरुको आफ्नो पार्टीलाई साथ सहयोग रहेको कुरा हिमालयन टाईकुनलाई जानकारी दिनुभयो ।
सम्पर्क मञ्चको उपाध्यक्षमा दुहबी नगरपालिकाकी निस्ता गिरी, सचिवमा दुहबी न. पाकै आशिष थपलिया, सहसचिवमा रामधुनी नगरपालिकाका कमलमान श्रेष्ठ र कोषाध्यक्षमा शेषराज आचार्य निर्वाचित भएका छन् । असोज महिनाभित्र अझ बृहत् भेलागरी कमिटी विस्तार गरिने कुरा बराह क्षेत्र निवासी अध्यक्ष रमेश आचार्यले जानकारी दिनुभयो । आयोजक कमिटी २५ सदस्यीय रहेको छ ।


