काठमाडौं /सम्वाददाता

नेकपा (एकिकृत समाजवादीको) युवा संगठन युवा संघ नेपालको मातहत रहेको पिपुल्स भोलेन्टियरले त्रिभुवन विश्वविधालय किर्तिपुरमा हिजो फोहोरमैला संकलन तथा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । पिपुल्स भोलेन्टियरको सयौं कार्यकर्ताले उपकुलपतिको कार्यालय, रजिष्टारको कार्यलया, शिक्षाध्यक्षको कार्यालय त्रि .वि पुस्ताकालय लगायत विभिन्न केन्द्रिय विभागहरुको सामुन्ने रहेका फोहोर मैला संकलन तथा सरसफाई गरेको थियो कार्यक्रममा युवा संघका केन्द्रिय अध्यक्ष नरेश शाही, महासचिव दिपक जियम , उपमहासचिव संजिप राई लगायत केन्द्रिय पदाधिकारी, केन्द्रिय सदस्य र पि.भि र युवा संघका नेता तथा कार्यकर्ताहरुको ठूलो उपस्थिति रहेको थियो । विश्वविधालय परिसर भित्रका बुट्यानहरुलाई काट्छाट् गरेर सही ठाँउमा व्यावस्थापन समेत गरिएको थियो । संघको राष्ट्रिय अभियानको रुपमा “ महिनाको दुई दिन,दुई घण्टा मेरो , राष्ट्रका लागि ” कार्यक्रअन्र्तगत देशभर विभिन्न कार्यक्रमहरु आयोजना भईरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर