
काठमाडौं /सम्वाददाता
नेपाल कम्युनिष्ट पार्टी एमाले समाजवादीको भातृ सगठन युवा संघ नेपालको केन्द्रिय कमिटिको विस्तारित बैठक भाद्र ११ र १२ गते काठमाडौंमा हुने भएको छ । काठमाडौंमा भाद्र ३ गते उपलब्ध केन्द्रिय पदाधिकारी तथा केन्द्रिय सदस्यहरुको बैठकले उपरोक्त मिति तय गरेको हो । पार्टीको निर्देशनलाई आत्मसात् गर्दै देशभर संगठन विस्तार कार्यलाई तिब्र गतिमा बढाउने निर्णय गरिएको कुरा संघका केन्द्रिय अध्यक्ष नरेश शाहीले जानकारी दिनुभयो । साथै सगठनले सघंको झन्डा परिमार्जन गरी रातो पृष्ठभूमिा मध्य भागमा एउटा सेतो तारा अंकित गरी नयाँ मोडलको झण्डा प्रयोगमा ल्याउने निर्णय पनि संघले गरेको छ । बेलायतमा अन्सनरत ब्रिटिस गोर्खा सेनाहरुको असमानताको आन्दोलन बारेमा नेपाल सरकारको ध्यानाकर्षण गराउने निर्णय पनि सर्वसम्मितिले गरिएको छ । एकताको बिषयमा आफ्नो संगठन खुल्ला रहेकोले सम्पूर्ण संघका नेता तथा कार्यकर्तालाई अविचलित रुपमा आ–आफ्नो जिम्मेवारीमा फर्किन पनि जोडदार अपिल गर्ने कुरा संघका महासचिव दिपक जियमले हिमालयन टाईकुनलाई बताउनुभयो ।
युवा र क्रान्तीको अभियानको नेतृत्व गर्ने एउटा विशाल संगठन युवा संघ नेपाल भएकोले उत्साहका साथ परिवर्तन र सम्वृदिको लागि अघि बढ्न जोस आएको संघका उपमहासचिव संजिप राईले जानकारी दिनुभयो । बैठकले परिवर्तित राजनितिक अवस्था अनुकुल संघलाई पुर्नगठन गर्नुपर्ने भएकोले महासचिव दिपक जियमको नेतृत्वमा संघको संगठन विभाग, प्रचारप्रसार विभाग र महिला विभागको प्रतिनिधित्व हुनेगरी विधान संशोधन मस्यौदा समिति समेत गठन गरेको छ । संघको विधान, संगठनको संरचना र आगामी कार्ययोजनाको बारेमा विस्तारित बैठकमा व्यापक छलफल गर्ने त्यसपश्चात् टुंगोमा पुग्ने निर्णय पनि गरेको छ । बैठकमा नेकपा एमाले समाजवादीका नेता ठाकुर गैरेको उपस्थिति रहेको थियो ।


