अजिब उत्सुक /काठमाडौं
संघिय संसद्को तल्लो सदन प्रतिनिधिसभाको बिहिबार बसेको बैठकको शुन्य समयमा बौल्नुहुदै सांसद आशाकुमारी विकले स्थानिय तहका जनप्रतिनिधिको आर्थिक स्तर ठूलो मात्रामा बढेको गुनासो आएको बताउदै स्थानिय जनप्रतिनिधिको सम्पत्ति छानबिन गर्न माग गर्नभएको हो । उहाँले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई तीनै तहका सरकारको सम्पत्ति छानबिन गर्न जोडदार माग गर्नुभयो । देश संघिय संरचनामा गए सँगै विशेष गरी स्थानिय तहका प्रमुख, उपप्रमुख वडा अध्यक्ष र सदस्यहरुको विलासी जिवनशैली बढेको छ । जनताले तिरेको राजश्व र करको दुरुपयोग गर्दै सम्वृद्धिको नाराको अवमूल्यन हुदै आएको छ । भ्रष्टाचार र अनियमितताले देश व्यापी जरा गाडेकोले यसको निदानको निम्ती सरकारसँग सांसद विकले सरकारको ध्यानाकषर्ण गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर