काठमाडौं \सम्वाददाता
नेपाल कम्युनिष्ट पार्टी एमालेको भातृ संगठन युवा संघ नेपालको केन्द्रिय कार्य समितिले दन्द्वग्रष्त अफगानिस्तानबाट नेपाली नागरिकलाई यथाशिघ्र नेपालमा फर्काउन माग गर्दै गृहमन्त्री बालकृष्ण खाँणलाई ज्ञापनपत्र बुझाएको छ । संघका महासचिव दिपक जियमको नेतृत्वमा सिंहदरबार गएको टोलीले नेपाली नागरिकलाई सुरक्षित रुपले स्वदेश फर्काउन जोडदार माग गरिएको महासचिव दिपक जियमले जानकारी गराउनुभयो । अफगानिस्तानमा नेपालबाट श्रम स्वीकृती लिई अफगानिस्तान पुगेका १४ हजार पाँचसय भन्दा बढी र सरकारको अभिलेखमा नरहेका करिव पाँच हजार गरी २१ हजार जम्मा नपाली नागरिकहरु अफगानिस्तानको घरेलु दन्द्वको जोखिममा रहेको कुरा संघका उपमहासचिव एवम् प्रवतmा संजिप राईले हिमालयन टाईकुनलाई जानकारी दिनुभयो । कोभिडको महामारीबाट विश्वमा आक्रान्त अवस्थाको सामना गर्नु परिरहेको अवस्थामा अफगानिीतानको दन्द्वबाट नेपाली नागरिकलाई सुरक्षित रुपमा स्वदेश फर्काउनु सरकारको दायित्व हो । संयुक्त राष्ट्र सघं,अमेरीकी दुतावास,बेलायती दुतावास,युरोपियन युनियनको कार्यालयमा सुरक्षा गार्डको रुपपा धेरै नेपालीहरु अफगानिस्तानमा कार्यरत छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय