काठमाडौं /सम्वाददाता
२२ अंै अन्तर्राष्ट्रियको युवा दिवसको अवसरमा नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले अगष्ट १२ तारिखको साँझ राजधानीको माइतिघर मण्डलामा दिप प्रज्ज्वलन कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा सम्बोधन गर्दै युवा संघको केन्द्रिय अध्यक्ष नरेश कुमार शाहीले देश विकासको सम्वाहक शक्ति युवा भएकोले राष्ट्रको नीति तथा कार्यक्रममा युवाका मद्धाहरु अनिवार्य रुपमा सुनुवाई हुनुपर्ने कुरा व्यक्त गर्नुभयो । यसैगरी युवा संघका केन्द्रिय उपमहासचिव तथा पिपुल्स भोलेन्टीयरका इन्चार्ज संजीप राईले बेरोजगार युवालाई भत्ताको व्यवस्था गर्न नेपाल सरकारसँग माग गर्नुभयो । सन् १९१९ मे ४ को दिन भएको चिनीयाँ युवाहरुको विद्रोहलाई आधार मान्दै सन् १९९९ अगष्ट १२ मा संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय युवा दिवस मनाउने घोषणा गरेको थियो । युवा संघ नेपाल विं. सं २०४७ साल जेष्ठ १ गते स्थापित सम्पूर्ण क्रान्तिकारी, देशभक्त र स्वाभिमानी युवाहरुको एक मात्र साझा शक्तिशाली संगठन हो । दिप प्रज्ज्लन कार्यक्रममा युवा संघका केन्द्रिय पदाधिकारी, केन्द्रिय संदस्य तथा पिपुल्स भोलेन्टियरका सकृय नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर