शेखर राई/ काठमाडौं
सोलखुम्बु जिल्ला नेचासल्यान गाउँपालिका वडा नं २ केराबारी स्थायी घर भएका २९ बर्षीय प्रसुन बाहिङ किराती लामो समयदेख कृषि पेशामा संलग्न हुनुहुन्छ भन्दा अत्युक्ति नहोला । गाउँघरदेखि नै कृषि व्यावसायमा झुकाब राख्नुभएका बाहिङले हाल आएर काभ्रे जिल्लाको बनेपा नगरपालिकाको वडा नं १ नालामा ८ रोपनी जग्गा भाडामा लिएर “सगरमाथा कृषि फर्म ” संचालन गरिरहनु भएको छ । लिजमा लिएको जग्गामा गोलभेडा र काक्रोको आधुनिक व्यावसायिक उत्पादन गरिरहनु भएको छ । विगत् केही वर्षअघि २० लाख रुपैयाँ लागत्मा व्यावसाय सुरु गर्नुभएका बाहिङको उत्पादन प्राय:जसो काठमाडौंभन्दा बाहिरका तराईका जिल्लाहरु,बुटवल,भैरहवा र नेपालगंज क्षेत्रमा बिक्री भईरहेको छ । अहिले सरदर ५० लाखभन्दा बढीको पूँजी लागत् रहेको फर्मबाट प्राप्त आम्दानीले दुई छोरीहरु र एक छोरालाई निजि बोर्डिङ स्कुलमा पढाइरहनु भएको छ ।
उहाँ ( बाहिङ किराती), श्रीमती पार्वता बाहिङ र छोराछोरी सहित ५ जनाको स–परिवार नालाको प्रमुख बजार इलाकामा बसोबास गर्दै आउनुभएको छ । उहाँको पापामामा भने पुर्खौली थलो नेचासल्यान गाउँपालिका २ सोलुखुम्बुमा नै बसोबास गरिरहनु भएको छ । व्यावसायबाट करिब १५ लाख वार्षिक आम्दानी गर्नुहुने समाजसेवीसमेत रहनुभएका बाहिङ भविष्यमा एक सफल उद्यमी व्यावसायी बन्ने लक्ष्यकासाथ अघि बढिरहेको आत्मविश्वासका साथ उद्घोष गर्नुहुन्छ ।

निकट भविष्यमा काभ्रेमा भएको कृषि व्यावसायलाई बाग्मती प्रदेशकै अर्को जिल्लामा वृहत् उदेश्यकासाथ व्यावसाय विस्तारको योजना रहेको कुरासमेत खुलस्त पार्नुभयो । “नगरी काम,पाइन्नं माम” भन्ने कुरालाई मध्यनजर गर्दै जीवन र जगत्सँग कृषि पेशाको अन्तरसम्बन्ध र निरर्भता रहेकोले यस क्षेत्रबाट आफू हट्न सक्ने कम सम्भावना रहेको कुरा व्याक्त गर्नु भयो । यस व्यावसायको साथसाथै अन्या पेशा व्यापारमासमेत आगामी दिनमा लगानी वृद्धि गरी उद्योग स्थापना गरी बेरोजगार व्यक्ति,समूह र वर्गलाई रोजगारीको अवसर प्रदान गर्ने धोको रहेको कुुरा स्पष्ट पार्नुभयो ।

स्नातह अध्ययनरत शिक्षित बाहिङ युवा कृषि पेशामा रमाउनु आफैमा एक जना उदाहरणको पात्र हुनुहुन्छ । आदिवासी जनजातिको हकअधिकारको बिषयमा बहस गर्न रुचाउने बाहिङ बाहिङ किरात युवा संगठनका केन्द्रिय सदस्यसमेत हुनुहुन्छ । केही समय वैदैशिक रोजगारीको सिलसिलामा विदेशमा रहनुभएकोले त्यहाँ प्राप्त ज्ञान ,सिप र अनुभवले स्वदेश फर्किएपछि कास्की जिल्लाको पोखरा महानगरपालिकामा छोटो अवधिको लागि कुखुरापालन व्यावसाय समेत गर्नुभयो । देशविकास,भ्रष्टाचार नियन्त्रण , व्यापार र राजनीतिमा चासो राख्ने बाहिङ किराती परिवर्तनको संवाहक युवा शक्तिलाई बेवास्ता गर्न नहुने कुरा जिकिर गर्नुहुन्छ । संघर्ष नै जीवन हो, संघर्ष बिना यो धरतीमा केही उपल्बधी हासिल गर्न नसकिने पक्षमा देखिनुभएका बाहिङ आफ्नो बाहिङ जाति र समग्र राष्ट्रको उन्नतीको लागि जस्तोसुकै त्याग र तपस्या गर्नु परेपनि पछि नहट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । व्यावसायी बाहिङको प्रगतिशील कर्म र क्रान्तिकारि व्यावसायिक व्यापारिक छलाङ्को निम्ति हिमालयन टाईकुन मिडियाको तर्फबाट सगौरव सम्वृद्धिको कामना गर्दछौ ।

प्रतिक्रिया

सम्बन्धित खवर