शेखर राई काठमाडौं
युवा संघ नेपाल मातहत रहेको जनताका सेवक पिपुल्स भोलेन्टियरले साउन २३ गते शनिबार बिहान २ घण्टा त्रि.वि शिक्षण अस्पताल महाराजगन्ज परिसरमा सरसफाई गरे
को छ । अस्पताल क्षेत्रमा रहेका प्लास्टिक,सिसाका टुक्रा, कागज र कपडाका झुत्रा तथा अन्य फोहोरमैलालाई संकलन एवम् व्यवस्थापन गरिएको कुरा युवा संघ नेपालका केन्द्रिय उप महासचिव तथा पिपुल्स भोलेन्टियरका ईन्चार्ज संजिब राईले हिमालयन टाईकुनलाई जानकारी दिनुभयो । सरसफााई कार्यक्रममा युवा संघका केन्द्रिय अध्यक्ष नरेश कुमार शाहीलगायत सबै पदाधिकारी केन्द्रिय सदस्य तथा पिपुल्स भोलेन्टियरका स्वयम्सेवक, नेता तथा कार्यकर्ताहरुको बृहत् सहभागिता रहेको थियो । प्रदुषित बन्दै गएको समाज, राजनीति र राजनीतिक कार्यकर्ता प्रति सकारात्मक सोच र धारणाको विकास गर्ने लक्ष्यका साथ “महिनामा २ दिन – २ घण्टा मेरो, राष्ट्रका लागि ” अभियान अन्र्तगत सरसफाई कार्य सम्पन्न गरिएको हो । यस अभियान प्रत्येक महिनाको दुई वटा शनिबार २–२ घण्टा देशैभरी निरन्तर संचालन भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर