
शेखर राई
काठमाडौ अन्तर्राष्ट्रिय फ्रेन्चाईसको चर्चित रियालीटि शो द भ्वाईस अफ नेपालमा प्रतिस्पर्धा गर्दै आएका ज्वाला राईलाई उत्कृष्ट ४ मा पु¥याउनको लागी भोजपुरबाट प्रन्यक्ष निर्वाचित संघीय सांसद सुदन किराँतीले द भ्वाईस अफ नेपालका आठैँ प्रतिस्पर्धी ज्वाला राईका लागी भोट मागेको आफ्नो आधिकारिक फेसबुक पेजबाट सार्वजनिक गरेको पाईन्छ । उहाँको पेजमा अपिल भिडियो सन्देशमा एक हजार ६ सय बढीले सकारात्मक प्रतिक्रिया जनाएका छन् । ७ लाख ४७ हजार जनाले हेरेको सो भिडियो सन्देशलाई ८० हजार दर्शकले समर्थन जनाएका छन् । राजनीतिमा प्रखर वक्ता र जनतासँग निकट भएर काम गर्ने शैलीका कारण निकै लोकप्रिय सांसद सुदनकै गृह जिल्ला भोजपुरका स्थानीय समेत हुन् गायक ज्वाला । २ मिनेट ८ सेकेन्डको भिडियो सन्देशमार्फत ज्वालालाई भोट माग्दै सांसद किराँतीले भनेका छन्, ‘पूर्वी नेपालका ग्रामीण क्षेत्र भोजपुरको माटोमा जन्मीनुभएका प्रतिभाका धनी युवा गायक ज्वाला राई, प्रशिद्ध गायन रियालीटि शोको भोटिङ राउण्डमा प्रवेश गर्नुभएकोमा सर्वप्रथम हार्दिक बधाई १ प्रतियोगिताको उपाधी हासिल गर्न विश्वभर रहनुभएका दाजुभाई तथा बुवाआमाहरुमा तपशिल नियम अनुसार भोटिङ गरी ज्वाला राईलाई विजयी गराइदिनुहुनका निम्ती हार्दिक अपिल गर्दछु ।’
भोटिङ कोड संकेत ०६ भएका ज्वाला अहिले उत्कृष्ट ८ सहभागीमा छानीएका छन् । कोच तृष्णाको टिमबाट रहेका ज्वाला उत्कृष्ट ४ मा पुग्नका लागि सोही समूहका अर्का प्रतिस्पर्धी अफ्रिता खड्गीसँग प्रतिस्पर्धा हुनेछ । शुक्रबार आज हुने प्रतिस्पर्धाका लागि अन्तिम प्रतिस्पर्धीको प्रस्तुतीसम्म मात्र खुल्ला रहने भोटिङमा अफ्रिताको भन्दा भोट बढी आए ज्वाला उत्कृष्ट ४ अर्थात ग्राण्ड फिनालेको यात्रामा पुग्नेछन् ।
टप ८ बाट टप ४ मा प्रतिस्पर्धाका लागि उनले ‘के यो माया हो’ बोलको गीत प्रस्तुत गरेका छन् । ज्वालाई जिताउन सांसद सुदन किराँतीमात्र हैन द भ्वाईसकै अघिल्ला बिजेता विकास लिम्बूदेखि अर्को रियालीटि शोका बिजेता बिक्रम राईसम्मका कलाकार पनि लागी परेका छन् ।
ग्राण्ड फिनाले सम्मको यात्रामा प्रतिस्पर्धाका लागि यस पटक टिम दीपबाट आर्यन तामाङ र गोबिन पुन, टिम राजुबाट तारा सिरिस मगर र सोनाम शेर्पाबीच प्रतिस्पर्धा हुनेछ । टिम तृष्णबाट ज्वाला राई र अफ्रिता खड्गीबीच प्रतिस्पर्धा हुनेछ भने टिम प्रमोदबाट किरण गजमेर र रबी गहतराजबीच प्रतिस्पर्धा हुनेछ ।


