शेखर राई /सोलुखुम्बु सम्वाददाता
सोलुखुम्बु जिल्ला नेचासल्यान गाउँपालिका वडां न. १ मा आदिबासि बाहिङ किरात जातिको मैलिक परम्परागत पोसाक खरिद गरिएको छ । बाहिङ किरात मुलुखिम नेचासल्यान गाउँपालिका १ नं वडा द्याल कार्य समितिका अध्यक्ष नौधन बाहिङका अनुसार “टुहुरे संस्कृत संरक्षण” शीर्षकमा आ.व.२०७७ /२०७८ मा वडा कार्यलयले विनियोजन गरेको पचासहजार रुपैयाँबाट १ थान पुरुष मसिचा र १ थान महिला मसिमीको नृत्य पहिरन तथा ३ वटा संस्कारको अवसरमा लगाईने झोला खरिद गरेको कुरा खुलस्त पार्नुभयो । बाहिङ किरात मुलुखिम केन्द्रिय कार्य समितिका सचिव देबकुमार सेचोचा बाहिङ र बाहिङ किरात युवा संगठनका केन्द्रिय महासचिव शेर बहादुर बाहिङ को संयोजन तथा पहलकदमीमा खरिद कार्य सम्पन्न गरिएको हो । राज्यको समावेसी नितिअनुसार आदिवासि बाहिङ किरात जातिको संस्कृतिको संरक्षण कार्यमा सधै सकारात्मक सहयोग रहने नेचासल्यान गाउँपालिका १ नं. वडाका अध्यक्ष रमेश कुमार बाहिङले हिमालयन टाईकुनलाई बताउनु भयो । नेचासल्यान गाउँपालिकाको अधिकारिक पछिल्लो तथ्या अनुसार सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिकाको वडा नं ५,वडा नं १ र वडा नं २ मा बाहि जातिको बाक्लो बस्ती भएको तथा १ नं वडामा दोस्रो ठूलो जनसंख्या र अरु दुई वडामा पहिलो ठूलो जनसंख्यामा भएको आदिवासि जाति हो । जुन जातिकोे आफ्नो छुट्टै भाषा,संस्कृत संस्कार, भूगोल र परम्परा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर