शेखर राई /सोलुखुम्बु संवाददाता
सोलुखुम्बु जिल्ला नेचासल्यान गाउँपालिका वडा नं. २ ले आदिवासी बाहिङ किरात जातिको कक्षा २ को मातृभाषाको पाठ्यपुस्तक प्रकाशनको लागि १ लाख रुपैयाँ सहयोग गरेको छ । सघन बाहिङ बस्ती भएका सोलुखुम्बु,ओखलढुङ्गा र खोटाङ लगायत अन्य जिल्लाहरुमा बाहिङ मातृभाषाको कक्षा सञ्चालन गर्न आवश्यक भएकोले वडा कार्यालयले आर्थिक सहयोग गरेको बाहिङ किरात मुलुखिम २ नं. वडा द्याल कार्य समितिका अध्यक्ष तिलक बहादुर बाहिङले हिमालयन टाईकुनलाई जानकारी दिनुभयो । बाहिङ किरात मुलुखिमका केन्द्रिय सचिव देब कुमार सेचोचा बाहिङ र बाहिङ किरात युवा संगठनका केन्द्रिय महासचिव शेर बहादुर बाहिङको समन्वयमा मुलुखिम २ नं. वडा द्याल कार्य समितिका अध्यक्ष तिलक बहादुर बाहिङ, सचिव खेमराज बाहिङ तथा संस्थाका सकृय सदस्य योग कुमारी बाहिङको सकृयतामा बिनियोजित रकम केन्द्रिय कार्य समितिलाई हस्तान्तरण गरिएको छ । सविधानले प्रदान गरेको हक अधिकार अन्तगर्त बाहिङ जातिको भाषा संरक्षण तथा पहिचानका लागि रकम छुट्याइएको नेचासल्यान गाउँपालिका वडा नं. २ का वडा अध्याक्ष भेषकुमार बास्तोलाले बताउनुभयो । साथै आगामी आर्थिक बर्षमा समेत वडा कार्यालयले बाहिङ जातिको संस्कृतिको उत्थानका लागि सहयोग गर्न आफू तयार रहेको कुरा व्यक्त गर्नुभयो । निकट भविष्यमा नै नेचासल्यान २ मा अवस्थित श्री महेन्द्रोदय मा. विमा बाहिङ भाषाको कक्षा संचालन गर्ने तथा मुलुखिमको २ नं. द्याल कार्य समितिको कार्यालयमा व्यवस्थित रुपमा पुस्तकालय स्थापना गर्न लागिएको कुरा नेचासल्यान गा. पा. २ का वडा सदस्य ईन्द्र बहादुर बाहिङले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर