सरकारले लकडाउन अवधिमा दैनिक उपभोग्य वस्तुको खरिदमा २० प्रतिशत छुट दिन थालेको छ। अर्थमन्त्री बिष्णु पौडेलले बजेट भाषण मार्फत सो व्यवस्था गरिएको बताएका थिए।
सरकारको घोषणा सँगै कार्यान्वनयमा आएको छ। बिहीबार सरकारी निकायका दुई व्यापारिक संस्थानहरू खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सूचना जारी गर्दै सो कुराको जानकारी दिएका हुन्।



खाद्य तथा व्यापार कम्पनीबाट बिक्री वितरण हुने चामल र कर्णालीको सिमीमा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ। साल्ट ट्रेडिङबाट बिक्री वितरण हुने पिठो, चिनी, नून,
भटमासको तेल र खाना पकाउने एलपी ग्यासमा पनि २० प्रतिशत छुटको व्यवस्था गरिएको छ। यस्तै, खाना पकाउने ग्यास ११ सय २० मा पाइने छ। सामान किन्न नागरिकताको फोटोकपी चाहिने छ।
Source: Kavrepati.com

										
										




