नेपालको प्रदेश नं १ अन्तर्गत पर्ने इलाम जिल्लाको सूर्योदय नगरपालिकाको चारलीबाट ३५ उत्तर दिशामा इलाम सदरमुकामबाट ४३ किलोमिटर दक्षिण पुर्वी दिशामा रहेको कन्यामको सुन्दर चिया बगान नेपाल सरकारको मातहतमा नभई बगान ईण्डियाको संघाई कम्पनिल ५० वर्षको लागि लिजमा लिएको कुरा स्थानिय प्रकाश तामाङले बताउनु भयो ।
चिया बगान संघाई कम्पनिकोे मात्र स्वामित्वमा नभई धेरै व्यक्तिहरुको पनि रहेको तामाङले बताउनु भयो । यस क्षेत्रमा भगवती निर्माणा सेवा कन्ट्रकसनले सडक क्षेत्र फराकिलो बनाउने ठेक्का लिएको तामाङले बताउनु भयो । कन्याममा विभिन्न ठाँउबाट आन्तरिक तथा विदेशी पर्यटकहरु लभ डाँडा,माने गुफे अवलोकन गर्नको लागि धेरै संख्यामा घुम्न आउने गरेका छन् । तमाङको भनाई अनुसार यस क्षेत्रमा फोहोर मैला शुल्क भनी चारपांग्रे गाडीलाई रु ३० रुपैया लिने गरिएको स्थानिय स्वयम्सेवकसमेत रहेका तामाङले जानकारी दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर