सोलुखुम्बु जिल्लाको लिखुपिके गाँउपालिकामा अवस्थित आन्तरिक तथा वाह्य पर्यटकहरुको आर्कषणको केन्द्र रहेको पिके डाँडा समुन्द्रीसतहबाट ४,०६५ उचाईमा रहेको छ । यहाँबाट विभिन्न हिमालहरु कञ्चनजङ्घा,लाङटाङ,सगरमाथा,अन्नपूर्ण,माछापुच्छ«े ,नुम्बुर हिमाल सहित रातको समयमा काठमाडौँ उपत्याकासम्म देखिने एक प्रसिद्ध ठाउँ हो । कोरोना कहरको बन्दाबन्दीसगैँ विदेशी पर्यटकहरु नआएपछि पर्यटकहरु कम भएतापनि नेपाली पर्यटकहरुको घुईचो बढेको टुङ्ना बाजे भनेर चिनिने स्थानिय ग्याल्जे शेर्पाले बताउनु भयो । उनका अनुसार पिके धेरै सुन्दर र रमाईलो ठाउँ हो । यस ठाउँलाई लिखुपिके गाउँपालिका र कुनै पनि सरकारी निकायबाट बजेटको व्यवस्था अहिलेसम्म भएको छैन् । यदि बजेट विनियोजन भएर योजना कार्यान्वयन भएको खण्डमा यहाँ आर्थिक सम्वृद्धिको ढोका खोल्ने निश्चित छ ।

प्रतिक्रिया

सम्बन्धित खवर