नेपाल राष्ट्रको नामाकरण काठमाडौं उपत्यकासँग सम्बन्ध राख्छ । १८ अ‍ौं शताब्दीको अन्त्यतिर जब राष्ट्र निर्माताले काडमाडांै उपत्यकालाई राजधानी शहरको रुपमा विकास गरे,त्यस समयदेखि नै नेपाल राज्य विश्वमासमेत आफ्नो छुट्टै पहिचानसहित स्थापित भयो । नेपाली संस्कृति एक सम्पन्न विविधतायुक्त सांस्कृतिक खुराकको संगम हो । जहाँ इण्डो–आर्यन र टिबेटो–मङ्गोलियन संस्कृतिको प्रत्यक्ष प्रभाव रहेको छ । यसप्रकार नेपाली संस्कृतिको ईतिहास केलाउदा विभिन्न जातजातिहरु्रको बसाईसराई,युद्धमा जितहार र व्यापारको सिलसिलामा एक ठाउँबाट अर्को ठाउँमा संस्कृतिको सुरुवात भएको पाईन्छ ।
चित्रमा आयताकार राष्ट्रको रुपमा देखिने नेपालको दक्षिण,पश्चिम र पुर्वी दिशामा भारतीय विभिन्न राज्यहरुले छोएको छ । उत्तरपट्टि चीनको स्वाशासित क्षेत्र तिब्बत अवस्थित छ । नेपाललाई हिमालै हिमालको देश पनि भनिन्छ । विश्वको सर्वोच्च शिखर पनि नेपालमै रहेको छ  ।   कञ्चनजङ्घा,मकालु,अन्नपूर्ण,मनास्लु,गौरीशंकर र ल्तोसेलगायत ८००० मिटर भन्दा अग्ला प्रायः सबै प्रसिद्ध हिमालहरु नेपालमै रहेका छन् ।
नेपालको भौगोलिक स्थितिको चर्चा गर्नुपर्दा देशलाई अग्ला हिमाली क्षेत्र,पर्वतिय क्षेत्र र समथर तराई क्षेत्र गरी तीन भागमा विभाजन गरी अध्ययन गर्न सकिन्छ । यी तिनै क्षेत्रमा आ–आफ्नो विशेषतायुक्त ३६ भन्दा बढी जातिय समूह,१२५ भन्दा बढी जातजातिहरु र १२३ भन्दा बढी भाषिक समुदायहरुको बसोबास रहेको छ ।
पारिस्थितिक प्रणालीमा धनी राष्ट्रको रुपमा दर्ज भएको नेपालमा विश्व सम्पदामा सूचिमा सूचिकृत बौंद्धनाथ स्तुपा,पशुपतिनाथ मन्दिर ,सगरमाथा राष्ट्रिय निकुञ्ज र केही वन्यजन्तु संरक्षण क्षेत्रसमेत रहेका छन् । यी सुन्दर ठाउँहरु हेर्न आन्तरिक तथा विदेशी पर्यटकहरुको घुईचो लाग्ने गरेको छ । प्रकृतिको अनुपम उपहारको रुपमा हेरिने नेपालमा पछिल्लो समयमा भने जनसंख्या वृद्धिकोकारण भूमि अभाव,बेरोजगारी र अशान्तिले बास गर्न थालेको छ । देशको शहरी र तराई क्षेत्रमा तीव्र गतिमा जनसंख्या वृद्धि भइरहेको छ ।
देशमा राजनीतिक प्रणाली परिर्वतन भईसकेको छ तर नेपाली जनताको जीवनस्तर माथि उठ्न सकेको छैन । युवा जनशक्तिमा आफ्नो मौलिक संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्नु पर्छ भन्ने चेतनाको अभाव र सरकारी क्षेत्रको बेवास्ताले हाम्रा नेपाली रीतिरिवाज,संस्कार संस्कृति मृत अवस्थामा पुग्न लागेका छन् । सांस्कृतिक अभियानको लागि छुट्टाइएको सरकारी बजेटमासमेत ठूलो घोटला काण्ड घट्ने गरेका छन् । नेतृत्वमा दुरदर्शिताको अभाव र सर्वसाधारणमा ऐतिहासिक कार्यको लागि दबाब दिनुपर्छ भन्ने सोचको अभाव भएकोले समृद्ध नेपाली हिमाली संस्कृतिले बजार लिन सकेको छैन् । जताततै सम्भावना र अवसर भएको यस क्षेत्रमा जागरुक भई सम्पूर्ण शक्ति केन्द्रित गर्नु आवश्यक छ । विश्वकै सांस्कृतिक विषयवस्तुको अध्ययनको केन्द्र नेपाललाई बनाउन सकेको खण्डमा दक्षिण एसियाली पर्यटन पनि आफै बलियो हुने निश्चित छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय