सोलुखुम्बु जिल्लामा खालिङ हातेमालो समूहले १२ हजार थान माक्स,६० लिटर सेनिटाइजर र ३०० वटा साब्ुन वितरण गर्ने भएको छ । कोरोना भाईरसको त्रास जिल्लाभर फैलिएकोले माप्य दुधकोशी गाउँपालिकाको वडा नं ६ र ७ मा पर्ने वाँकु माध्यमिक विद्यालयसहित सबै शैक्षिक संस्थाहरुमा ती सामाग्रीहरु हस्तान्तरण गरिने छ । सोलखुम्बुु जिल्लाबाट काठमाडौं उपत्यकामा आई विभिन्न पेशा व्यावसाय गर्ने माप्य दुधकोशी गाउँपालिका वडा नं ६ र ७ का १७ जना सक्रिय युवाको समूहमा वर्तमान तदर्थ समिति रहेको छ ।

कोभिड सम्बन्धी प्राथमिक सुरक्षा सामाग्रीहरु संस्थाका सदस्यहरुको व्यक्तिगत पहलमा संकलन गरिएको भएतापनि थुलुङ दुधकोशी गाउँपालिकाको लोखिम निवासी नेपाल पर्वतारोहण सघंका केन्द्रिय सदस्य जाङ्बु शेर्पाले १७ सय थान माक्स,केहि साबुन र सेनिटाईजर सहयोग गरेका छन् । समाजसेवा र गाउँ विकासको लागि संस्था स्थापना गरिएको समूहका सदस्य जंग बहादुर खालिङले जानकारी दिए । संकलित सामाग्रीहरु वितरण गर्न समूहका अध्यक्ष दुर्गा प्रसाद राई, कोषाध्यक्ष नन्दु खालिङ र सल्लाहकार बल बहादुर खालिङ वितरण स्थलतर्फ प्रस्थान गरिसकेको कुरा समेत खालिङले बताए । वितरण कार्यक्रम कार्तिक २३ गते आईतबार माप्य दुधकोशी गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष दिनेश कुमार राईको उपस्थितिमा सम्पन्न गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय