शेखर किराती/काठमाडौं
बुधबारबाट कोशी प्रदेशदेखि गण्डकी प्रदेशसम्म पानी पर्ने पूर्व अनुमान मौसमविद्ले गरेका छन् । गएको बिहिबारबाट अति ठूलो वर्षाका कारण देशको विभिन्न ठाँउमा बाढी, पहिरोमा परि धेरै धनजनको क्षेती हुँन पुगेको थियो । यसैगरि बुधबारबाट शनिबार सम्म पानी लगातार पर्ने पूर्वअनुमान मौसमविद्धले हिमालयन टाईकुनलाई जानकारी दिनुभयो । देशको विभिन्न पूर्वी भेगमा हिजो राति मंगलबार बेलुकाबाटनै पानी पर्न थालेको र बागमती प्रदेशमा केहि बादल लागि पानी पर्ने सम्भावना बढेको देखिन्छ भने नेपाली हिन्दुहरुको महान चाड दशैको अवसरमा पानीका कारण देशका विभिन्न भागमा बाढी, वर्षाले काठमाडौंबाट विभिन्न ठाँउमा जानको लागि बाटो अवरुद्ध भएको कारण यसपालीको दशै नेपालीहरुको लागि कष्टकर बन्दै गएको छ । बाढी पहिरोको कारण बि.पि. राजमार्ग र मदनभण्डारी राजमार्ग अबरुद्ध भएकोले यात्रुको अवस्था कष्टकर भएको छ भने यात्रुहरुको गन्तव्य स्थानमा जानको लागि प्लेन टिकटसम्म नपाइने गुनासो विभिन्न यात्रुहरुबाट गुनासो आईरहेको जानकारी हिमालयन टाईकुनलाई भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर