काठमाडौं
शेखर किराती
काठमाडौं /देशभर हिजोबाट कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा भईरहेको कारण विभिन्न क्षेत्रमा पहिरो जाने सम्भावना भएकाले पहिरो गइरहने नारायणगढ(मुग्लिन सडकखण्डमा उच्च सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् । हिजोबाट वर्षा गराउने बादल सकृय भएको कारण आज देशभर पानी परिरहेको छ । बादल पूर्वबाट पश्चिमतिर सरिरहेको छ । त्यसको असरले आज देशभर नै वर्षा भइरहेको छ । त्यसको प्रभाव क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएको छ ।
मौसम विज्ञानका अनुसार मनसुन न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ भए पनि बंगालको खाडीमा विकसित चक्रवातको बाहिरी घेराका बादल तथा तीब्बत तर्फबाट पनि बादल नेपालमा आएकाले वर्षा भइरहेको छ । विज्ञका अनुसार आज दिनभरी नै पानी पर्ने, एकछिन रोकिने र फेरि पानी पर्ने अवस्था हुनेछ । आज दिउँसो र रातिमा पनि वर्षाको सम्भावना छ । भोलि (सोमबार) भने आजको तुलनामा कम वर्षा हुने पूर्वानुमान गरिएको छ ।