किरात समुदायका राई लिम्बु,याक्खा,सुनुवारको मौलिक मुन्धुमहरुमा खुवालुङको प्रसंग आँउछ । किरातीहरुको बिजुवा ,फेदाङवा ,नक्सो आदिले आफ्नो ईष्ट शक्तिहरुको पुकार गर्दा वा मुन्धुम गाँउदै जाँदा समथर मैदानबाट सुरु गरी मैदानी शक्तिहरुको पृुकारपछि रुइवा (सप्तकोशी) नदी हुँदै खृुवालुङ पुग्दछन् । खुवालुङ पुगेपछि आ–आफ्नो हिड्ने खेल्ने बाटो पच्छ्याँउदै पहाडतर्फ अगाडि बढी हिमालसम्म पुग्दछन् । किराती धामी झाक्रीले गाउने मुन्धुममा यो खुवालुङ अनिवार्य रुपमा आउँछ ।
धामी फेदाङवाहरुले गाँउने मुन्धुमको खुवालुङ वर्तमान समयमा कहाँ पर्छ ? खुवालुङ भनेको के हो ? यस विषयमा सबै किरातीहरु अनविज्ञ छन् । धामी ,बिजुवा,फेदाङवा,नक्सोहरुले पनि खृुवालुङ मुन्धुममा गाउने मात्र गर्दछन । यसको यथार्थता कसैलाई थाहा हुँदैन किनभने ती मुन्धुम वाचकहरु भौतिक रुपमा खुवालुङ कहिल्यै पुगेका छैनन् ।
सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका–२ का विमल राईका अनुसार किराती भाषामा “ख्वा वा खुवा” को अर्थ बारम्बार गाईने वा धाइने ठाँउ भन्ने हुन्छ । कालान्तरमा पछि यही ख्वा शब्द अपभं्रश भई खेवा ÷खुवा भएको हुन सक्दछ । खुवा शब्दसँग आउने “लुङ” को अर्थ नेपालीमा ढुंगा भन्ने हुन्छ । यसकारण बारम्बार गाइरहने बिशेष ढुंगा भएको ठाँउनै खुवा लुङ प्रदेश नं १ को धनकुटा,भोजपुर र उदयपुर जिल्लाको सिमाना जहाँ अरुण , तमोर र दुधकोशी नदीको संगमस्थलमा रहेको छ ।
समग्रमा भन्नु पर्दा धनकुटा, भोजपुर र उदयपुर जिल्लाको सिमानामा रहेको तीन ठूला नदीहरुको त्रिवेणी नै खुवालुङ हो । वास्तविक लुङ चाँहि तमोर र अरुण दुधकोशी ठिक भेट हुने स्थानको पानीमुनि अवस्थित छ । जुन ढुंगा चैत वैशाख महिनामा नदीको पानी घटेको अवस्थामा अलिअलि देखिन्छ । स्थानीय दुर्गालाल राई र शंकर तमाङका अनुसार उक्त लुङ ताबे रङ्गको र आकृति सर्पले फंडा फुलाए र ठडिए जस्तो गरी दक्षिणतर्फ ठडिएर पानीभित्र बसेको छ । जुन लुङ जहिले पनि पानीमुनीनै रहन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय