शेखर किराती
काठमाडौं /बाहिङ किरात मुलुखिमको भातृ संगठन युवा संगठनले यसै २०८० माघ २७ र २८ गते काठमाडौंमा शनिबार र आईताबार गरि दुई दिन महिला तथा पुरुष भलिबल प्रतियोगिता गर्ने भएको छ । बाहिङ युवा संगठनले संस्थाको बार्षिक साधारण सभाको उपलक्ष्यमा बाहिङ समुदायलाई लक्षित गर्ने गरि भलिबल खेल खेलाउने कुरा बाहिङ युवा संगठनका अध्यक्ष र सचिव राजिब बाहिङले हिमालयन टाईकुनलाई जानकारी दिनुभयो । अध्यक्षका अनुसार खेल अन्तराष्ट्रिय नियम अनुसार खेलाउने र खेल लिककम नक गरि खेलाईने कुरा बताउनु भयो । बाहिङका अनुसार खेलमा प्रथम हुने टिमलाई नगद रु. १५,०००/ हजार र द्वितिय हुने टिमलाई रु. ८,०००/  तृतिय टिमलाई ५,०००/ हजार राशि प्रदान गरिने कुरा बताउनु भयो । अध्यक्षका अनुसार महिला तर्फको लागि प्रथमलाई रु. ५,०००/ द्वितियलाई रु.३,०००/र तृतियालाई रु. २,०००/ हजारका साथमा सम्मान प्रमाण–पत्र दिईने छ ।

यसैगरि उत्कृष्ट तीन खेलाडीलाई सम्मान स्वारुप पुरस्कार राशि प्रदान गरिने कुरा संस्थाका सचिब राजिब बाहिङले जानकारी गराउनु भयो । बाहिङका अनुसार यसै माघ १९ गतेबाट टिम दर्ता सुरु भएको र पुरुष तर्फ टिम दर्ता रु. १५०१/ र महिला तर्फ टिम दर्ता शुल्क रु. ५०१/ गरि माघ महिनाको २५ गते बिहिबार साझ ५ बजे सम्म टिम दर्ता शुल्क तिरी खेलाडीहरुले संस्थाको संयोजक दिप बाहिङ राईलाई दर्ता शुल्क बुझाउनु पर्ने कुरा संस्थाका सचिव राजिब बाहिङले जानकारी दिनु भयो । उहाँका अनुसार खेलमा बाहिङ समुदायको मात्र हुनु पर्ने र अन्याथा अरु समुदायकोलाई मान्यता नदिने कुरा उहाँले हिमालयन टाईकुनलाई जानकारी गराउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर