
शेखर किराती/ काठमाडौं
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालको कार्यलय कमिटीको बैठक सम्पन्न भएको छ। संघका सम्योजक कृष्ण विश्वकर्माको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णय गरि “प्रेस नोट” जारी गरेका छन्।



काठमाडौं कार्तिक १७ गते राती ११स्३० बजे जाजरकोट र रुकुम केन्द्र बिन्दु बनाएर गएको भूकम्पमा परि विभिन्न जिल्लामा ज्यान गुमाउनु भएका सबैप्रति श्रद्धाञ्जलि अर्पण, घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै सहयोग र राहतकार्यमा जुट्न जिम्मेवारी तोक्दै विभिन्न निर्णयहरु गरेका छन्। संघले रक्तदान कार्यक्रमका लागि सुर्खेत , बाके-नेपालगन्ज र काठमाडौं उपत्यकामा गर्ने र कर्णाली प्रदेश कमिटी अध्यक्ष अनिल बोगटीको सम्योजकत्वमा प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरू, जिल्ला कमिटीका अध्यक्ष, पदाधिकारी तथा सदस्यहरु रहने गरि प्रभावित भूगोलको स्थलगत अध्ययन सहित पार्टी कमिटी सङ समन्वय गरि प्रभावकारी कार्यक्रम तय गर्ने महत्वपूर्ण निर्णयहरु भएको संघका कार्यलय प्रमुख नरेश गिरीका साथै युवा संघका पूर्व उप–महासचिव सन्जिब राईले हिमालयन टाईकुनलाई जानकारी दिनुभयो ।
भूकम्पमा परी १५७ भन्दा बढीले ज्यान गुमाएका र २५३ भन्दाबढी घाइते भएका छन् भने स्थानीयवासीका हजारौँ घरगोठलगायत भौतिक संरचनामा क्षति पुगेको छ।