काठमाडौं 

काठमाडौं महानगरपालिकाले फुटपातमा व्यापार व्यावसाय गर्नेहरुको लागि र रोडमा विभिन्न व्यावसाय गर्दै आएकाहरुलाई सडकमा सफा राख्नु पर्छ भनि हटाईरहेको कारण विभिन्न फुटपात व्यावसायिहरुले विभिन्न आन्दोलन गर्दै आएका छन् । यसै क्रममा अहिल्यै काठमाडौं महानगरपालिकाले नसुने पछि राष्ट्रियसभा गृह परिसरमा अभियन्ता ईः लगायत विभिन्न केटाकेटी देखि बुढाबुढीसम्म राष्ट्रिय सभागृह अगाडि ६ दिनदेखि उभिएर आन्दोलन गरिरहेका अभियन्ता ईः का दुवै खुट्टा नराम्ररी सुन्निएका छन्। लगातार १२३ घन्टासम्म उभिँदा पनि उनका माग सरोकारवाला निकायले सुनेको छैन ।  अभियन्ता ईः पनि आफ्नो खुट्टा सुन्निएको भन्दा पनि महानगरपालिकाले आवाज नसुनेकोमा बढी दु:खी छन्। ‘बिहान ५ बजेदेखि राति ११ बजेसम्म उभिँदै आएको छु,’ उनले भने, ‘मलाई मेरो खुट्टा सुन्निएको, गलेको भन्दा पनि मागतर्फ चासो नदेखाएकोमा दुःख लागेको छ।’

सुरुमा ७७ घन्टा भनेर सुरु गरिएको आन्दोलन १ सय २३ घन्टा हुँदै अब १ सय ९९ घन्टासम्म लम्बिएको उनले सुनाए। अभियन्ता ईः को शान्तिपूर्ण आन्दोलनमा आइतबार फुटपाथ व्यवसायीले पनि सहभागी जनाएका छन्। उनीहरूले काठमाडौं महानगरपालिका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलको विरोधमा विभिन्न नारा उल्लिखित प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।  यसैगरि सडक व्यापार संघकी उपाध्यक्ष गीता फुयाँल चाडपर्वको मुखमा व्यवसायी अन्योलमा परेको बताउँछिन्। ‘केही कमाएर दसैं मान्न गाउँघर जाने चाहना पूरा हुने अवस्था छैन,’ उनले भनिन्, ‘यासपालि दसै मान्न सक्ने अवस्था छैन।

प्रतिक्रिया

सम्बन्धित खवर