शेखर किराती /काठमाडौं
नेकपा (एकीकृत समाजवादी) को भातृ संगठन युवा संघ नेपालको गत भदौ ९गतेको सचिवालय बैठकबाट नवनिर्वाचित संगठनका संयोजक कृष्ण बहादुर बिकेले केन्द्रीय कार्यालय बबरमहल काठमाडौंमा आज असोज ४ गते पद बहार ग्रहण गरेका छन् । संगठनको माईनुटिङ तथा अन्य आवश्यक कागजातहरु निवर्तमान केन्द्रीय अध्यक्ष तथा सुदुर पश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेश शाहीले बिकेलाई हस्तान्तरण गरेका थिए । सो कार्यक्रममा संगठनका निवर्तमान उपमहासचिव संजिव राई, सचिवालय सदस्य अधिवक्ता देब कुमार राई, पिपुल्स भोलेन्टियर्सका सह- संयोजक मनोज खत्री लगायत नेता कार्यकर्ताहरुको उपस्थिति थियो । नवनिर्वाचित कमिटिले चाडैं कार्ययोजना सहित संगठनका गतिविधिहरु संचालन गर्ने योजना बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर