काठमाडौं भक्तपुर देखि रत्नपार्कसम्मको लागि सार्वजानिक यातातको लागि द्रुत सेवा प्रदान गर्ने भएको हो । संविधान दिवसको अवसर पारेर भक्तपुरबाट रत्नपा र्कसम्को लागि असोज ३ गते बुधबारबाट सडक विभागले सडकमा रातो रङ्गले पोत्ने कार्य सुरु भएको छ । नेपाल व्यावसायी महासंघका अनुसार सुरुमा २५ ओटा बस सञ्चालनमा आउने नेपाल यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूले जानकारी दिए।


प्रवक्ता पनेरुका अनुसार विहान ९ देखि ११ बजे सम्म र साँझ ४ देखि ६ बजे सम्म चल्ने र यो लेनमा एम्बुलेनस बाहेक अरु निजि सवारी साधन गुडाउन नपाउने । यदि गुडाएमा ट्राफिक नियम अनुसार कारबाहि हुने जानकारी स्रोतले जनाएको छ । केएएम कन्स्ट्रक्सनले दुई दिनभित्र भक्तपुरदेखि लैनचौरसम्म रंग पोतेर सक्ने गरी पाँच वटा मेसिनले धमाधम रङ लगाउने काम गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर