
काठमाडौं नेपाल प्रहरी जस्तो जिम्मेवार पदमा रहि वरिष्ठ सईमा कार्यरत कोशी प्रदेस रानी विराटनगरमा लेखापालको रुपमा काम गर्दै आएका वरिष्ठ सई लक्ष्मण महत्तराले र्दुई वर्ष देखि यता १ सय ५० सिसिको प्रदेश नं १–०१–०१३ प ७०२२ नम्बरको मोटरलाइसकल प्रयोग गर्दा आइरहेको पाईएको स्रोतले जनाएको छ । उनले चोरीको मोटरसाइकल चढ्ने गरेको पुष्टि भएसँगै त्यसको छानबिनका लागि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डिएसपी बुद्ध श्रेष्ठको नेतृत्वमा छानबिन समिति समेत गठन गरी अनुसन्धान अघि बढाइएको हो ।
मोटरसाईकल कोशी प्रदेश कार्यलयमा राखिएको छ । उनीमाथि अनुसन्धानका लागि छानबिन समिति गठन् गरिएको पनि स्रोतले जानकारी दिएको छ । सई महत्तरा इलाका प्रहरी रानी विराटनगरमा लेखापालका रुपमा थिए भने अहिल्यै सरुवा भएर प्रदेश प्रहरी गणमा पुगेका छन् । ईलाका प्रहरी कार्यालय रानी विराटनगरमा हुँदा देखि नै चोरीको मोटरसाईकल चढ्ने गर्थे भने त्यहाँ रहदा विभिन्न तस्करहरुसगँ मिलि मोटो रकम लिएको र अहिल्यै पनि ति तस्करहरुसगँ बार बार सम्पर्क हुने गरेको उजुरीमा उल्लेख गरिएको छ ।


