काठमाडौं बिहिबार बसेको प्रतिनिधि सभा बैठकमा सुन तस्करीमा नाम जोडिएका विभिन्न आईजिपि तथा नेतागढहरुको छोरा छोरी तथा पावरमा भएको पूर्व प्रहरी आईजिपिको समेत नाम आउदा छानबिन नभएको प्रति सदस्य अमरेश कुमार शिंहले प्रश्न गरेका छन् । लोकतान्त्रीक गणतन्त्रमा पूजिवादी शक्तिमा रहेर विभिन्न प्रकृतिको घटना परिघटनाहरु ठूलै पावरबाट हुने र त्यही घटनाहरुलाई ढाकछोप गर्ने मात्र देखिएको कुरा सरकारमा उठाउनु भयो ।

शिंहका अनुसार सुन तस्करीमा पूर्व आईजीपीहरूको नाम आइरहेको छ, च्याटिङ पब्लिक भएको छ, मिडियामा आएको छ । पूर्व आईजीपीलाई किन बयानका लागि बोलाइँदैन ? विवादित पूर्व आईजीपीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख बनाउन लबिङ भइरहेकोप्रति पनि उनले आपत्ति जनाए । शिंहले भने सुन तस्करमा नाम जोडिएका व्यक्तिहरुलाई सत्तापक्षबाट पूर्व आईजिपी जस्ताहरुलाई अखतियार प्रमुख बनाउन लबिङ भईरहेको प्रति ध्यानाकर्षण गराउनु भयो । उनले भने त्यस्ता गिरोह जस्तालाई अखतियारमा राख्दा त्यस्ता मान्छेले देशको अखतियार कस्तो बनाउछ ।

प्रतिक्रिया

सम्बन्धित खवर