शेखर किराती/ काडमाडौं
नेपाल आदिवासी जनजाति महासंघको आज काठमाडौंको आलोकनगर स्थित नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालयमा पार्टी प्रवेश सहितको कार्यक्रम सम्पन्न भएको थियो । उक्त पार्टी कार्यालयमा ३०० जनाको उपस्थितिमा २० जनालाई आजका अतिथि तथा सम्मानित नेता झलनाथ खनालबाट खादा लगाई पार्टी प्रवेश गराईको थियो । नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष पासाङ शेर्पाले पार्टीका विषयमा विभिन्न आफ्नो भनाईहरु राख्नु भएको थियो । पार्टीका सम्मानित नेता झलनाथ खनाल भन्नुहुन्छ, २०६२/६३ मा १० वर्ष लगाएर ल्याएको परिवर्तन जनवादी क्रान्तीले पुजीवादी शक्तीलाई समाजवादी शक्तीमा परिवर्तन गर्नु जरुरी भएको जिकिर गर्नु भयो । खनालका अनुसार समाजवादीमा ३१ वटा मैलिक हक अधिकार र ४० प्रतिशत महिलामा र २० प्रतिशत संसदमा रहेको तर पुजीवादी चुनाव भएको कारण जनताको हितको लागी नभएको कुरा उल्लेख गर्नु भयो । उहाँका अनुसार संविधानमा समावेशिता समायोजन भएतापति लागु नभईरहेको जनताको हकहितको लागि बहुदलीय जनवाद दल खोल्न पाँउने गरि अहिल्यैको संविधानले दिएको हुनाले समाजवादमा जाति र जनजातिलाई आवश्यक परेकोले श्रम जिविलाई एकतावद्ध गराई दलाल पुँजीपति वर्गलाई निर्मुल पार्नको लागि सबै आदिवासी जनजातिलाई गोलवद्ध गराई नेपाल आदिवासी जनजाति महासंघले पार्टीको लागि ठूलो भूमिका खेल्छ भन्ने कुरा उल्लेख गर्नु भयो ।

जनजाति महासंघका अध्यक्ष पासाङ शेर्पाका अनुसार नेपालमा ४० देखि ४५ वटा जनजाति रहेतापति सामाजिक विकासका लागि राज्यले कुनै पनि नीति नबनाएको अध्यक्षले बताउनु भयो । अध्यक्ष शेर्पाका अनुसार २०५८ मा विभिन्न जनजातिहरु सूचिकृत भएतापनि ती सूचिकृत जनजातिका लागि कुनै पनि किसिमका मैलिक हक अधिकारहरु राज्यले नदिएको बताउनु भयो । यसको साथै अबका दिनदेखि संघिय लोकतन्त्रमा नेपाली जनताको हकहितको लागि समाजवादलाई अघि सार्ने र समाजवादको लक्ष्यमा पु¥याउनको लागि विभिन्न नगर, पालिकामा जनजातिले पनि माग र मद्वा उठाउनु पर्ने र एकले एक जोड्ने गरि लाग्ने प्रतिवद्धता जनाउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर