शेखर किराती/काठमाडौं
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपस्थितिमा सिभिटन इन्टरनेशल इन्डिया र जेएन फाउन्डेशनको संयुक्त आयोजनामा विश्वशान्ति र सद्भाव विषयमा अन्तर्राष्ट्रिय बैठक सम्पन्न भएको छ । कार्यक्रम काडमाडौंको नागपोखरीमा अवस्थित मेरियट होटलमा भएको थियो । सो बैठकमा सिभिटन इन्टरनेशनल इन्डियाका सन् २०२३ नयाँ गर्भनर म्हमद मन्जुल सलामलाई सम्मान गरिएको थियो । कार्यक्रममा युवा संघ नेपालका केन्द्रीय संयोजक कृष्ण वि.क तथा अनेरास्ववियूका केन्द्रीय अध्यक्ष आरती लामा, युवा संघ नेपालका निवर्तमान उपमहासचिव संजिव राई,सचिवालय सदस्य अधिवक्ता देव कुमार राई, युवा संघ सोलुखुम्बुका संयोजक शेखर किराती लगायत विभिन्न क्षेत्रका १५० भन्दा बढी युवा विधार्थी नेताहरुको सहभागिता रहेको थियो ।
यसै सम्बन्धमासिभिटन इन्टरनेशनल शिक्षा एवम् विकासको क्षेत्रमा काम गर्ने उदेश्यले सन् १९१७ मा अमेरिकामा स्थापना गरिएको थियो । जेएन फाउन्डेशन सन् २०२२ मा शान्ति, विकास र समाजवादको क्षेत्रमा काम गर्ने उदेश्यले नेपालमा स्थापना गरिएको हो ।