गोर्खाली राजा पृथ्वीनारायण शाहको एकिकरण अभियान काठमाडौं उपत्याकाभित्र केन्द्रित थियो । काठमाडौं उपत्याका उर्वरभूमि र बसोबास गर्न उचित वातावरण भएकोले शक्तिशाली राज्य स्थापनाको लागि एकिकरण अभियान जोडतोडका साथ भईरहेको थियो । उपत्याकाका शासकहरुलाई कमजोर बनाउन पृथ्वीनारायण शाहले नाकाबन्दी गरे । चारैतर्फ गरिएको नाकाबन्दीले ईष्ट ईन्डिया कम्पनीको तिब्बतसँगको व्यापारमा असर पुग्यो किनभने कम्पनि र चिन बिचको व्यापार नाका काठमाडौं थियो यसको साथै नाकाबन्दी अघिको नेपालको तिब्बतसँग एकाधिकार व्यापारबाट कम्पनि खुसि थिएन । त्यसैले उनीहरु सुनौलो अवसरको खोजीमा थिए कि कुन समयमा नेपाली विरुद्व निहुँ खोजौं ? अंग्रेजहरुको आँखा नेपालको प्राकृतिक सा्रेत साधन वनजंगल र अन्य बहुमूल्य वस्तुहरुमाथि परिसकेको थियो भन्दा अत्युक्ति नहोला ।

पृथ्वीनारायण शाहको आक्रमण योजनाबाट त्रशित भएका कान्तिपुरका राजा जयप्रकाश मल्ल आफै हिड्नु असक्षम हुने अनुमानका कारण उनले सैनिक सहायताका लागि ईष्ट ईन्डिया कम्पनी समक्ष प्रतिनिधि पठाए । यसकारण अंग्रेज अधिकृतहरुलाई गोर्खाली विरुद्व आक्रमण गर्न सजिलो भयो । यसको साथै कम्पनी सरकारले मल्ल राजालाई सहयोग गर्ने निर्णय लियो । यो कुरा गोर्खाली सेनाको सुराकीले थाहा पाएपछि शाहले मल्ल राजालाई सहयोग नगर्न अपिल सहित सन्देश पठाए । कम्पनि सरकारले यस सल्लाहलाई “ एक कानले सुुन्ने अर्को कानले उडाए ” रणनीति अपनाए । अनि बन्यो बढिरहेको शक्तिशाली गोर्खाली सेनामाथि आक्रमण अभियान ।

गोर्खाली सेनाविरुद्व युद्व गर्न क्यापटेन किन्लकको नेतृन्वमा २४ सय अंग्रेज फौज नेपाल पठाउने निर्णय कम्पनी सरकारले ग¥र्यो । किन्लक युद्व सम्बन्धीत अनुभवि सेनाका अधिकृत थिए । जयप्रकाश मल्ल र उनका प्रतिनिधिले विभिन्न सुचना संकलन गरि सहयोग गरे यसको साथै अंग्रेज फौज आउने नेपालको बाटोसमेत निश्चित गरे । मल्लले कम्पनी सरकारलाई यो सुचना पनि पु¥याएकी गोर्खाली सेना कमजोर र असक्षम छन् । ब्रिटिश फौजसँग प्रशस्त गोलाबारुद र हातहतियारहरु थिए । बेलायती सेनाका अधिकृतहरु मैदानी फाँटसँग जानकार थिए तर नेपालको हिमाली र पहाडी भौगोलिक संरचनाबारे थाहा थिएन जसकारण सिन्धुलीगढीको युद्वमा कम्पनी सरकार नराम्ररी पराजित भए ।

पृथ्वीनारायण शाह स्वयम् सिन्धुलीगढीदेखि तीन किलोमिटर पश्चिम दिशामा रहेको खनियाँ खर्क गाँउमा बसेर युद्वकोनम्तिी निर्देशन दिएका थिए । गोर्खाली फौजले हातहतियारले सुसज्जित बेलायती सेना आउने बाटोमा धेरै धरापहरु थापेका थिए । क्यापटेन किन्लकको फौज भारतको पटनाबाट अगष्ट १७, १७६७ मा सिन्धुलीगढीतर्फ हिड्यो केही दिनपछि फौज ढुङग्रेबास डाडाँमा आईपुग्यो । जब खाना खाएपछि अंग्रेज फौज अघि बढ्यो तब ढुङग्रे डाडाँ र पौवागढी क्षेत्रमा भिषण लडाई भयो । गढी क्षेत्रमा भएको युद्वमा अंग्रेज फौजतर्फ नराम्रो क्षति पु्ग्यो । १६०० अंग्रेज फौजको मृत्यु भयो भने ८०० जना घाईते भए । गोर्खाली फौजतर्फ ६०० को मृत्यु भयो भने केही संख्यामा घाईते भए । किन्लक नेतृत्वको अंग्रेज फौजको मुख्य उद्देश्य सिन्धुली र पनौती हँुदै कान्तिपुरसम्म पुगेर राजा जयप्रकाश मल्ललाई सहयोग गर्नु थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर