
काठमाडौं सप्तरीको हिरासतमा भएको एक बलात्कार घटनामा सम्लग्न प्रहरी रहेको पिडितको भनाई छ । उक्त घटना चैत ६ गते नै भएको कुरा उल्लेख भएको हो । घटनामा एक महिलालाई कानुनि कार्वाहिको लागि हिरासतमा ल्याउँदा नै कम्प्युरमा रहेर मुद्धा दर्ता गराउने मुद्धा फाटमा मुद्धा दायर र सोधबुझ गर्ने क्रममा आरोपित महिलालाई सोधबुझमा श्रीमानको गोप्य अङ्गमा घाउँ भएको कारण श्रीमानले सन्तुष्टी दिन सक्दैन् होला भन्दै हात लगाउन प्रयास गरि योन इच्छा पुरा भएन होला भनि कम्प्युटर शाखाका प्रहरीले हात समाई साडी खोलीदिएको र सबैले सलाम गर्ने अग्लो गोरो चश्मा लगाउने निधारमा चोट भएको हाकिमले बलातकार गरेको पिडकको भनाई रहेको छ ।
बलातकार पछि हाकिम प्रहरीले यो कुरा कतै भनिस भने तलाई यही २० वर्ष जेल सजाय दिन्छु भनी धम्काएको र यो घटना गुपचु गरिस भने यहाँबाट छोडदिन्छु भनेको कारण घटना गुपचु रहेको थियो । हिरासत रिहा भएपछि ति महिला पेट दुखेर उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पुगेकी महिलाले आफूमाथि प्रहरी हिरसातमा रहँदा प्रहरीले बलात्कार गरेको बताएकी थिइन्। उक्त कुरा अस्पतालको रेकर्डमा समेत उल्लेख छ। उक्त घटनाबारे आवश्यक छानबिन नगरी गुपचुप राखिएको र माथिल्लो निकायमा समेत प्रहरीले जानकारी नदिएको पाइएको छ। यो घटना वैशाख १२ गते नै राज्यको निकायहरू प्रहरी, प्रशासन, अस्पताल र कारागारको जानकारीमा आएको हो। अन्नपूर्ण पोस्ट् दैनिकले समाचार प्रकाशन भएपछि मात्र प्रहरीको माथिल्लो निकायले यसबारे जानकारी पाएको जनाएको छ। हिरासतमा बलात्कार घटनाबारे मधेस प्रदेश प्रहरी कार्यालयका एसएसपी प्रवीण पोखरेलको नेतृत्वमा भदौ ९ गते ५ सदस्यीय छानबिन समिति नै गठन गरिएको छ।



पिडित बनेर पुलिस प्रशासन धाउदा कुनै चासो नदेखाई प्रहरी प्रशासनबाट कि त प्रहरीलाई सरुवा गरिन्छ कि त कुनै कानुनि प्रकृया अघि बढाई दिदैन् पुलिस प्रशासन । सबै घटनाबारे बुझ्दा प्रहरीको एउटै रेडिमेड जवाफ हुन्छ ‘अनुसन्धान’ चलिरहेको छ। प्रहरीलाई अनुसन्धान गर्न लाग्ने समयको लेखाजोखा नहुने भएकाले धेरै जनाले जिल्ला सरकारी वकिलमार्फत सिफारिस गर्न र उच्च अदालतबाट परमादेश गर्न बाध्य हुनुपरेको राजविराजका जाकिर हुसेनले बताए।