
काठमाडौं मिलिनियम च्यालेन्च को- अप्रेशन (एमसिसि)को आजबाट कार्यन्वयनमा आउदैछ । धेरै विवादका कारणा २०७८ साल फाल्गुन १५ गते १२ बुँदे व्याख्यात्म अनुमोदनलाई अमेरिकाले स्वीकार गरेको थियो । यस परियोजना मार्फत अमेरिकाले नेपालमा ५० करोड अमेरिकी डलरको अनुदान सहयोग दिएको छ । यसमा नेपालले १३ करोड डलर थप गरेको छ । यो सहयोगले काठमाडौंको लप्सीफेदीबाट नुवाकोटको रातमाटे, तनहुँको दमौली हुँदै बुटवलसम्म ४ सय केभी क्षमताको विधुत् प्रसारणलाइन र सवस्टेशनहरु निर्माण हुनेछन् । त्यस्तै कपिलवस्तुको धानखोलाबाट दाङ र बाँकेको शिवखोलासम्मको सडकमा काम हुनेछ ।
पाँच वर्षभित्रमा सम्पन्न हुने सम्झौताअनुसार एमसीसी आज ९१३ भदौ० देखि कार्यान्वयनमा आउन लागेको हो ।


