काठमाडौं पहिलो पटक एसिया खेल खेल्न लागेको नेपालले पाकिस्तानसँग आज (बुधबार) दिउँसो ३ः१५ बजे डेब्यू गर्दै छ । एसिया खेलका लागि उत्साहित नेपाली खेलाडीहरु सुखद सुरुवात गर्नाका लागि मैदान उत्रदैछन् । मुल्तान क्रिकेट ग्राउन्डमा नेपालसँग हुने खेलमा प्रशंसकलाई ३८ डिग्री तापक्रमको गर्मी सहेर आफ्ना खेलाडी हौस्याउन भनिनेछ। नेपालले पाकिस्तानको घरेलु मैदानको अत्यधिक लाभ लिने क्रममा नतिजा नेपाललाई सुम्पिन सक्ने आकलन क्रिकेटसम्बन्धी बेवसाइट क्रिकइन्फोले गरेको छ। नेपालले सन् २०१८ मा एकदिवसीय मान्यता प्राप्त गरेको हो। अहिले र्‍याङकिङमा १५औं नम्बरमा रहेको छ। नेपाल ठूलो सपना हासिल गर्ने लक्ष्यनजिकै देखिन्छ। किनभने सन् २०२७ मा हुने एकदिवसीय विश्वकपमा १४ देश सहभागी हुनेछन्।
पाकिस्तानको तर्फबाट बाबर  आजम (कप्तान), सदाब खान (उपकप्तान), फकर जमान, इमाम–उल–हक, सलमान अली अघा, इफ्तिखर अहमद, मोहम्मद रिजवान (विकेटकिपर), मोहम्मद नवाज, नसिम साह, साहिनसाह अफ्रिदी, ह्यारिस रौफ छन् भने नेपालको तफबाट कुशल भुर्तेल, आसिफ सेख (विकेटकिपर), भीम सार्की, रोहित पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर