
काठमाडौं राष्ट्रपति रामचन्द्र पैड्यालले तीन देशका लागि ३ जनालाई राजदुतमा नियुक्त दिएका छन् । सोमबार राष्ट्रपति कार्यालयमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उनीहरुलाई नियुक्ति गरेका हुन् ।
सुघीर भट्टराईलाई गणतन्त्र फ्रान्सका लागि नेपालको आवासीय राजदूतमा,तेजबहादुर क्षेत्रीलाई संयुक्त अरब इमिरेट्सका लागि नेपालको आवासीय राजदूतमा र घनश्याम लम्साललाई कुवेतका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयद्वारा शैलजा रेग्मी भट्टराईले जारी विज्ञप्तिमा जनाइएको छ ।


