काठमाडौं नेकपा (एकीकृत समाजवादी) युवा संघ नेपालले आयोजना गरेको कार्यक्रम आज शनिबार कालोपुलको वेष्ठ भेन्यूमा सुदुर पश्चिम प्रदेशको आर्थिक मामिला मन्त्री तथा युवा संघको अध्यक्ष नरेश कुमार शाहीको अध्यक्षतामा बसेको बैठकमा युवा संघ नेपालको सचिवालय सदस्यहरु ३०६ जना भन्दा बढीको उपस्थिति रहेको थियो । पार्टीको उपमहासचिव ( मोर्चा फाट इन्चार्ज) सम्म रहनु भएको डा. विजय पैड्याललाई प्रमुख अतिथिको रुपमा बोलाईएको कुरा युवा संघ नेपालको उपमहासचिव संजिव राईले हिमालयन टाईकुनलाई जानकारी दिनुभयो ।
मुख्य उदेश्य
कार्यक्रम राख्नुको मुख्य उदेश्य पार्टीलाई कसरी समाजवाद तर्फ लैजाने र समृद्धिको लक्ष्य कसरी हासिल गर्ने भन्ने विषयमा पार्टीको उपमहासचिव रहनु भएका पैड्यालले युवाहरुलाई सचेत गराउनु भयो । पैड्यालका अनुसार ४० वर्ष भन्दा तलका युवाहरुलाई युवा संघमा जोडेर समाजको समृद्धि तर्फ उन्मुख बनाउने र ४० वर्ष भन्दा माथिकालाई केन्द्रमा रुपान्तरण गरेर समृद्धि समाजवादको दिशातर्फ लैजाने भन्ने कुरा युवाहरुमाझ राख्नु भयो । यसैगरि आजको कार्यक्रमलाई पार्टीको निर्देशन अनुसार स्थगित गरिएको महादिवेशन आयोजक कमिटि तोक्ने गरि भोली पुःन ९ बजे कालोपुलको वेष्ठ भन्यूमा बस्ने गरि मत्री शाहिले हिमालयन टाईकुनलाई बताउनु भयो ।