काडमाडौं नेकपा (एकीकृत समाजवादी) मोर्चा अन्तरगतको विद्यार्थी संगठनहरुले इन्जिनियरिङको स्नातक तहमा भएको शुल्कवृद्धि खारेज नगरे कडा आन्दोलनको चेतावनी दिएका छन् । इन्जिनियरिङको स्नातक तहमा नियमिततर्फ शुल्क ३५ हजारबाट बढाएर ८२ हजार र पूर्ण शुल्कतर्फ ३ लाख ३० हजारबाट बढाएर ७ लाख ७५ हजार पुर्याइएकोप्रति संयुक्त विद्यार्थी संगठनले आपत्ति जनाएका हुन् ।

नेकपा (एकीकृत समाजवादी) निकट अनेराश्ववियुका अध्यक्ष सुदेश पराजुलीले आफ्नै पार्टीहरु सत्ताको नेतृत्वमा रहेपनि गलत विषयमा खरो उत्रने बताए । शुल्कवृद्धि तत्काल खारेज नभए आइएओई प्रमुखलाई गलत्याएर सडकमा ल्याउने चेतावनी दिए । जनता समाजवादी निकट समाजवादी विद्यार्थी युनियन नेपालका अध्यक्ष रमेश यादबले संविधानले शिक्षा निशुल्क भनेपनि शैक्षिक माफियाको अगाडि सबै निरिह हुनु दूर्भाग्य भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर