
काठमाडौं स्पेन फुटबलका महासंका अध्यक्षले महिला विश्वकप २०२३ को विश्वकप इंग्ल्याण्डलाई १–० ले पराजित गरेपछि अध्यक्ष रुबियालेसले फरवार्ड खेलाडी हर्मोसोलाई सार्वजनिक ठाउँमा चुम्मन गरेको कारण सामाजिक संजालमा धेरै आलोचना भएको थियो भने फरवार्ड खेलाडी हर्मोसोले यसरी चुम्मन गरेको मन नपरेको सामाजिक सञ्जाल मार्फत स्टाटस लेखेकि थिइन् । “मलाई यो मन परेन” यसैक्रममा स्पेनका खेलकुद मन्त्री मिकेल इसेटाले स्पेनिस सार्वजनिक रेडियोलाई फुटबल महासंघका अध्यक्षले फरवार्ड हर्मोसोलाई चुम्बन गर्नु ‘अस्वीकार्य’ थियो भनेका छन्।
स्पेनकी समानता मन्त्री इरेन मोन्टेरोले आलोचना गर्दै भनेकी छन्, ‘यो एक प्रकारको यौन हिंसा हो जुन महिलाहरूले दैनिक रूपमा भोग्नुपरेको छ। यसैविषयलाई लिएर अध्यक्ष रुबियालेसले माफ माग्दै भनेका छन्, ‘म पूर्ण गलत थिएँ, मैले यो स्वीकार गर्नुपर्छ। यो धेरै उत्साहको साथ एक समयमा खराब नियतबिना थियो। त्यतिबेला हामीले यसलाई स्वाभाविक रूपमा लियौं, तर बाहिर हंगामा भएको छ। मैले माफी माग्नुपर्छ, यसबाट पाठ सिक्नु पर्छ, र बुझ्नुपर्छ कि जब तपाईं अध्यक्ष हुनुहुन्छ भने तपाईं धेरै सावधान हुनुपर्छ।


