काठमाडौं रुसको पश्चिमी तेबेर शहरमा निजी विमान दुर्घटना हुदाँ प्रिगोजिनसहित १० जनाको मृत्यु भएको रुसी फेडरल ट्रान्सपोर्ट एजेन्सीलाई उदृतगर्दै अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्।एक ठूलो सैन शक्ति वागनर येब्गेनी प्रिगोजिनसहित १० जनाको मृत्यु भएको स्रोतको जानकारी रहेको छ । विमान दुर्घटनामा वागनरका सहसंस्थापक दिमित्री अतकिन पनि परेको बताइएको छ । विमानमा आगो लागेको कारण दुर्घटना भएको स्रोतको भनाई रहेको छ भने उक्त दुर्घटना कसले गरायो र कसरी भयो भन्ने कुरा एकिन् भएको छैन् ।

युक्रेन र रुसको युद्धमा प्रिगोजिन समुहका कारण युक्रेनको खर्सोन क्षेत्रलाई नियन्त्रणमा लिन प्रिगोजिनको महत्वपूर्ण भूमिका थियो । त्यसपछि प्रिगोजिनको रुसी संस्थापनसँग मतभेद बढेको थियो । यसै सन्दृभमा प्रिगोजिनले दुई महिना अघि आफ्नो सैन्य समूह लिएर मस्को कब्जा गर्ने धम्की दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर