काठमाडौं आज बिहिबार बिहान २ बजे जितपुर सिमरा उपमहानगरपालिका–२२ पूर्वपश्चिम लोकराजमार्गको चुरियामाई नजिक काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ३००१ ख ७९९४ नम्बरको बसबस दुर्घटना भएको हो । बसमा सवार २६ जनामध्ये तीन जनाको घटनास्थलमा तथा अन्यको उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए । घाइते यात्रुको मकवानपुरको हेटौँडास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको उनले बताए। मृत्युहुनेहरुमा महोत्तरी लोहार पटीका ४१ वर्षीय बिजयलाल पण्डित, भारत राजस्थानका बहादुर सिंह, र मिरा देबी रहेका छन् । यस्तै अन्य चारजनाको सनाखत हुन सकेको छैन् । उक्त बस बढी गतिका कारण दुर्घटना भएको स्रोतको भनाई छ ।

दुर्घटनाको थप अनुसन्धान भईरहेको त्यहाँको जिल्ला प्रहरीकार्यलयले जनाएको छ भने चालकलाई नियन्त्रणमा लिईराखेको छ । घाईतेहरुको भनाई अनुसार उनिहरु केहि भारतका राजस्थानको छन् भने कहि नेपालको नै रहेको जानकारी आएको छ । उनीहरु पशुपतिको दर्शन गरेर फर्कने क्रममा मृत्ये भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर