
काठमाडौं २०२३ को टि टुवान्टी क्रिकेटको जारी रहेको खेलमा आज मलेसियामा नेपालले कुवेतसँग खेल्ने छ । मंगलबार भएको हङकङसँगको खेलमा हङकङलाई ६ विकेटले हराएको थियो भने त्यसैगरि आज बुधबार कुवेतसँग खेल्न लागेको हो । मंगलबार भएको खेलमा हङकङले दिएको ८५ रनको चुनौति नेपालले १५ ओभर ५ बलमा ४ विकेट गुमाउँदै पूरा गरेको थियो । खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले १९ ओभर १ बलमा अलआउट हुँदै ८४ रन बनाएको थियो । त्यसैगरि नेपालका लागि सम्झना खड्काले अविजित ३६ रन बनाएकी थिईन् ।
हङकङका लागि कप्तान क्यारी चानले सर्वाधिक ३४ रन बनाएकी थिईन् भने बलीङतर्फ नेपालकी लागि सीता रानामगरले ४ ओभरमा १६ रन खर्चेर ५ विकेट लिएकी हुन् । अगष्ट ३१ देखि मलेसियामै हुने आईसीसी महिला टी टुवान्टी विश्वकप एसिया क्वालिफायरको तयारीस्वरुप नेपाल र हङकङसहित मलेसिया र कुवेतले चार देशसँग टी–ट्वेन्टी श्रृंखला खेलिरहेका छन् ।


