
काठमाडौं/ प्रदेश नं १ कोशीको आज बसेको बैठकमा मुख्या मन्त्री उद्धव थापाले विस्वासको मत पाएका छन् । आईताबार बस्ने बैठक सरेर सोमबार भएको र नेकपा एमालेका उपसभामुख सृजना दनुवार काठमाडौं प्रस्थान भएको हुनाले कांग्रेस सांसद इस्राइल मन्सुरीलाई बैठक सञ्चालन गर्ने जिम्मेवारी दिएर दनुवार काठमाडौं गएता पनि आज बसेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने विरोध जनाएको छ । सभाध्यक्ष इस्राइल मन्सुरीले पनि मतदान गरेपछि एमालेले आपत्ति जनाएको हो । यसअघि पनि तत्कालिन सभामुख बाबुराम गौतमले मुख्यमन्त्री थापालाई विश्वासको मत दिएपछि उक्त केस अदालतसम्म पुगेको थियो ।
कोशी प्रदेश सभामा ९३ जना सांसद रहेकोमा सोमबारको बैठकमा ७७ जनामात्र उपस्थित भएका थिए । उपस्थित सांसदमध्ये मुख्यमन्त्री थापाको पक्षमा ४७ मत प्राप्त भएको छ भने विपक्षमा ३० मत प्राप्त भएको घोषणा गरिएको छ ।


