
काठमडौं /नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यलय आलोकनगरमा आज (सोमबार) बसेको बैठकले माओवादी केन्द्र, नेकपा(एकीकृत समाजवादी), जनता समाजवादी र विप्लप नेतृत्वको मोर्चा बैठकमा आउने भदौ ९ गतेबाट सात प्रदेशमा सभा गर्ने निर्णय स्रोतले जनाएको छ । मोर्चाले भदौं ९ गते वीरगञ्ज, १२ गते बुटवल, १३ गते धनगढी, १४ गते सुर्खेत, १५ गते पोखरा, २३ गते हेटौंडा र २५ गते विराटनगरमा सभा गर्ने निर्णय गरेको नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले जानकारी दिए । ‘हामीले भदौं ९ गते देखि प्रदेश स्तरको घोषण सभा गर्ने निर्णय गरेका छौं । साथ,साथै भ्रष्टचारि विरोधि आन्दोलनलाई समर्थन गर्ने निर्णयसम्म गरेका छौं,’ विप्लवले भने ।
मोर्चाको बैठकले सरकारले थालेको भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थन गर्ने निर्णय गर्दै भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा सरकार अझ दृढताका साथ उभिनुपर्ने निष्कर्ष सहित सभामा मोर्चा बनाउनुको कारण र यसका कामबारे जनतालाई जानकारी दिने उद्देश्यले सभा गर्ने जानकारी दिएका छन्।


