काठमाडौं/ प्रदेश नं. १ को कोशी प्रदेशको विश्वासको मतको बैठक आईताबार राप्रपा र रास्वपाको कारण बैठक रोकिएको थियो भने पुःन बैठक सोमबार बस्ने तयारी भएको तर उपसभामुख सृजना दनुवार काठमाडौं गएकी छन् । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज विश्वासको मत लिने कार्यसूची छ । विश्वासको मत लिने प्रदेश सभा बैठकको अध्यक्षता नगर्ने भन्दै उनी काठमाडौं गएकी हुन् । एमालेबाट निर्वाचित उपसभामुख दनुवार आज बिहान एती एयरलाइन्सको पहिलो उडानबाट काठमाडौं गएकी हुन् । दनुवार आइतबार बेलुका नै काठमाडौं जान खोजेकी थिइन् । तर टिकट पाइएन, गाडीमा जाने तयारी भए पनि जानु भएन, उनकी निकट स्रोतले जनाएको छ । नेकपा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपसभामुख दनुवार बिहान ८ बजेको फ्लाइटमा काठमाडौं गएको बताए । उनका अनुसार कांग्रेस सांसद इस्राइल मन्सुरीलाई बैठक सञ्चालन गर्ने जिम्मेवारी दिएर दनुवार काठमाडौं गएकी हुन् ।

मन्सुरीले बैठक सञ्चालन गरे मुख्यमन्त्री थापाले विश्वासको मत पाउँदैनन् । किनकी ९३ सदस्यीय प्रदेशसभामा सत्ता गठबन्धनसँग कठिन बहुमत ९४७ मत मात्रै छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर