
काठमाडौं जल तथा मौसमविद् शान्ति कडेलका अनुसार आजबाट देशभर भारी वर्षा हुने बताउनु भएको हो । उहाँका अनुुसार भारतको मध्यप्रदेश आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभावले नेपालमा जलवाष्पयुक्त हावा आइरहेको तथा माथिल्लो वायुमण्डलले पनि बादल विकास गरिरहेकाले आजदेखि वर्षा बढ्ने भएको हो। जसका कारण मनसुनको न्यून चापीय रेखा पनि नेपालतर्फ नजिकिँदै छ, उनले भनिन्, ‘जसले आगामी २र३ दिन मौसम बदली र वर्षा बढाउने देखिन्छ। यतिबेला देशका विभिन्न स्थानमा वर्षा भईरहेको छ ।
महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो सबै प्रदेशका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा कोशी, बागमती, लुम्बिनी, र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।


