काठमाडौं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आज बसेको एक बैठमा आफ्नो पार्टी नेकपा (एकीकृत समाजवादी) समयको माग हो । यसको महत्त्व दिनदिनै बढिरहेको छ । यो नै कम्युनिस्ट विचारधाराभित्रको उत्तम विकल्प हो । पार्टी सधैँ राष्ट्रियताको रक्षा र सम्बर्धन गर्न जनजीविकाका लागि संघर्ष गर्न समाजवादको धेय पूरा गर्न र जनतालाई सुशासन प्रदान गर्न लागि नै रहने छ । नेपालले बैठमा समाजवादको धारणा व्यक्त गर्दै आफ्नो कुराहरु यसरी प्रस्तुत गरेका छन् ।

उहाँले भन्नु भयो आफूहरू सधैँ भ्रष्टाचारको विरुद्धमा रहेको बताएका छन् । आजदेखि सुरु भएको पोलिटब्युरो बैठकमा अध्यक्ष नेपालले सरकारलाई पनि भ्रष्टाचारविरोधी अभियानलाई निरन्तर अगाडि बढाउन आग्रह गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । अध्यक्ष नेपालले पार्टी अगाडि बढ्नका लागि कम्मर कसेर लागेको र एकीकृत समाजवादीको महत्त्व दिन प्रतिदिन बढिरहेको पनि दाबी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर