
काठमाडौं/ नेकपा माओवादीका उप– महासचिव गिरिराजमणी पोखरेलले नेकपा माओवादीको अस्तित्व संकटमा परेको शनिबार रामवृक्ष यादवको २९औं स्मृति दिवसको सन्र्दभमा आयोजित कार्यक्रममा पोखरेलले माओवादी कमजोर र ओरालो लागेको भन्दै संगठनात्मक सुदृढीकरण आवश्यक रहेको बताएका हुन् । उनले भने, ‘यदि संगठनात्मकवादको यथास्थितिलाई नभत्काउने हो भने हाम्रो पार्टी विसर्जन हुन्छ र यो इतिहासको विषय बन्छ । यदि यसको विघटनको प्रकृयालाई रोक्ने हो भने संगठनात्मक क्षेत्रको यथास्थितिवादलाई भत्काउनु पर्छ । पोखरेलले भने विचारको विकास गर्नुपर्ने, विधि र पद्धतिमा नचलेको पार्टीलाई नीति र नियममा चलाउनुपर्ने, आफ्नो वर्ग र आधारभूत समुदायलाई पक्रिनुपर्ने वर्तमानको आवश्यकता भएको बताए ।
उनले भने माओवादीले दश बर्ष युद्ध गरेको जुन वर्गको लागि संघर्ष गरेर आएको हो त्यसैलाई माओवादीले छोडेकोले पार्टी कमजोर अवस्थामा पुगेको तर्क गरे । खरेलले बताए पार्टी नेतृत्वले आफ्नो दायित्व पूरा नगरेकै कारण नयाँ राजनीतिक पार्टीहरु उदाएको पनि धारणा राखेको स्रोतले जनाएको छ । उनले भने राजनितिलाई भू–राजनिति बनाएको उहाँको जिकिर रहेको छ ।


